काठमाडौं । बाह्र दिनअघि मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्यस्थिति जटिल बनेपछि शनिबारदेखि भेन्टिलेटरमा राखिएको छ ।
जोशीलाई गएको फागुन १३ गते मस्तिष्कघात भएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि आज फेरि भेन्टिलेटरमा राखिएको हो ।
डा. राजीव झाका अनुसार शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको छ ।