Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा २ सय ५० परिवारलाई राहत वितरण


    बुधबार, बैशाख १७ २०७७
    845
    Shares
  • २ मिनेट पाठ
  • वीरगञ्ज, १७ बैशाख । कारितासको आर्थिक सहयोगमा बारामा २ सय ५० मजदुरका परिवारलाई राहत बितरण भएको छ । महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा मजदुरी गरी जीवनयापन गर्ने २ सय ५० परिवारलाई राहत वितरण गरिएको हो ।

    कारितास नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लब ( जेजेवाईसी) बाराले अति विपन्न २ सय ५० घरपरिवारलाई राहत वितरण गरेको हो ।संस्थाका अनुसार देवताल–७ मा प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, खाने तेल २ लिटर, चिनी २ किलो, नुहाउने र लुगाधुने साबुन २/२ पिस वितरण गरिएको हो । यस्तै महागढीमाई– ७ मा चामल १५ किलो, २ किलो दाल, १ किलो नुन, खाने तेल आधा लिटर वितरण गरिएको हो ।

    लकडाउनका कारण छाकटार्न समस्या परेका दैनिक ज्याला मजदुरी गर्ने २ सय ५० परिवारलाई ४ लाख ८७ हजार ८ सय ५० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भैयाराम यादवले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार