Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार सन्तानसहित ३५ वर्षीया सुकी बडुवालले कर्णालीमा हाम फालिन्


    मंगलबार, फाल्गुन २५ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सांकेतिक फोटो 

    काठमाडौँ । हिजो दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छिन् । विश्वभर नारी दिवस मनाइरहेका बेला दैलेखकी ३५ वर्षीया सुकी बडुवालले भने श्रीमानको अत्याचार सहन नसकेपछि आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । 

    आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।नदीमा फाल हालेकामध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

    आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाल भने अभै बेपत्ता छन् ।उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    स्थानीयबासीका अनुसार सुकी सोमबार बिहानै घरबाट निस्केकी थिइन् । स्थानीयले नै सुकीलगायत सबै कर्णाली नदीमा हाम फालेको जानकारी प्रहरीलाई गराएका थिए ।

    सुकीका श्रीमान मानसिंह बडुवालले दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको पनि खुलिसकेको छ ।

    मानसिंहले नै प्रहरीमा दिएको जानकारी अनुसार घरायसी विवाद हुँदा छोरा र छोरीसहित श्रीमती घरबाट निस्किएका थिए ।

    प्रहरीले मानसिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार