Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • राष्ट्रपति पौडेल आजदेखि जापान भ्रमणमा, यस्तो छ भ्रमण तालिका


    आइतबार, माघ १८ २०८२
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने कार्यक्रम रहो परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म ९चार दिन० हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय छ ।

    राष्ट्रपति पौडेलसँग माघ २० गते नै टोकियोमा जापानका प्रधानमन्त्री ताकाइची सानेले भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट जापानका विदेश राज्यमन्त्री होरी इवाओले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको विशेष समारोहमा सहभागी हुनेछन् ।

    माघ १९ गते नै जापानका विदेश राज्यमन्त्रीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानी व्यापारिक समुदायले पनि भेटघाट गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति पौडेल टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।

    जापान भ्रमणमा राष्ट्रपतिका साथमा उनकी श्रीमती सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन । राष्ट्रपति पौडेलको माघ २१ काठमाडौं फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार