Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोकुल बास्कोटाको व्यंग्य– पार्टीका दाबी देख्दा लाग्छ, एकल सरकार नै बनाइसके


    शनिबार, माघ १७ २०८२
    530
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सबै राजनीतिक दलहरूका बहुमत ल्याउने र यति र उति सिट जित्ने दाबीसहितका आँकलनप्रति नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले कटाक्ष गरेका छन् । सबै पार्टीले आफू नै बिजेता र एकल सरकार बनाइसकेको दाबीप्रति बाँस्कोटाले ब्यंग्य गर्दै सामाजिक संजालमा लेखेका छन् ।

    बास्कोटाले चुनावी दाबी र विश्लेषण सुन्दा–पढ्दा कोही पनि दोस्रो नहुने अवस्था देखिएको उल्लेख गरेका छन् । सबैले जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको जस्तो प्रचार भइरहेकोप्रति उनले व्यंग्य उनले गरेका छन् ।

    ‘चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र हैन, एकल सरकार नै बनाइसकेजस्तो देखियो ।’

    तर वास्तविक परिणाम भने मतदाताको निर्णयले मात्रै निर्धारण गर्ने स्पष्ट पार्दै उनले प्रचार, होहल्ला, आरोप–प्रत्यारोप चुनावी प्रक्रियाको सामान्य पक्ष भएको बताए ।

    ‘तर खास कुरा मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट हुन्छ,’ उनले भनेका छन् ‘होहल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप–अमेरिकामा पनि देखिन्छ, नेपालमा त यो मामुली कुरा भइगो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार