काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर मात्र नपुगी एमाले र माओवादी केन्द्रबीच ३ बर्षअघि भएको एकता नै खारेज गरेपछि सबैभन्दा अप्ठेरोमा माधव नेपाल परेका छन् । माधव नेपालसँग अपमानपूर्वक एमालेमा ओलीसँग बस्ने वा पार्टी नै विभाजन गर्ने दुर्ईवटा विकल्पमात्र बाँकी छन् ।
यिनै विकल्पमा छलफल गर्न प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । पेरिसडाँडाको बैठकमा माधव नेपाल तत्कालीन एमालेको केन्द्रीय कमिटीका सदस्यहरुको नामावलीसहित सहभागी भएका छन् ।
तत्कालीन एमालेका पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीमा माधव नेपाल पक्षको ४० प्रतिशत भन्दा बढी संख्या छ ।