Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अख्तियारका प्रमुख आयुक्त राईद्वारा पेन्सन नलिने घोषणा


    सोमबार, फाल्गुन २४ २०७७
    3.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौंं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निवृत्तिभरण(पेन्सन) नलिने घोषणा गरेका छन् । २०७७ माघ २१ मा राष्ट्रपतिबाट प्रमुख आयुक्त पदमा नियुक्त भएका राईले ६ बर्षसम्म पेन्सन नलिने स्वघोषणा गरेका छन् । अख्तियारका लेखाअधिकृत निमलाल भूसालले प्रमुख आयुक्त राईले ‘दोहोरो सुविधा (निवृत्तिभरण) नलिने’ स्वघोषणा गरेकोबारेमा आइतबार निवृत्तिभरण ब्यवस्थापनको कार्यालयलाई पत्र पठाएका छन् ।  

    प्रमु्ख आयुक्त राईले फागुनदेखि आयोगबाट सेवा सुविधा पाउने पत्रमा उल्लेख छ । उनले अब प्रमुख आयुक्तको हैसियतमा प्राप्त सेवा सुविधा लिने पत्रमा उल्लेख छ ।

    प्रमुख आयुक्त राईको स्वघोषणा प्राप्त हुनासाथ निवृत्तिभरण ब्यवस्थापनको कार्यालयले आइतबार नै उनको पेन्सन रोक्का गरेको जानकारी अख्तियारलाई पठाएका छन् । निवृत्तिभरण ब्यवस्थापनको कार्यालयका शाखा अधिकृत राजभाई श्रेष्ठले लेखेको पत्रमा पेन्सन रोक्का गरिएको उल्लेख छ ।

    11.jpg

    संवैधानिक निकायमा नियुक्त पदाधिकारीले पेन्सन समेत दोहोरो सुविधा लिने गरेकोमा आलोचना हुँदैआएको छ । तर राईले अख्तियारको प्रमुख हुनासाथ पेन्सन नलिने घोषणा गरी दोहोरो सुविधान नलिनेहरु पनि छन् भन्ने उदाहरण पेश गरेका छन् । 

    pream rai.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार