Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : भारतमा मृत्यु हुनेको संख्या १ हजार नाग्यो


    बुधबार, बैशाख १७ २०७७
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १७ बैशाख ।  कोरोना भाइरस कोभिड-१९ बाट भारतमा पछिल्लो २४ घण्टामा मात्र ७० जनाको मृत्यु भएको छ । यससङ्गै त्यहाँ मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार सात पुगेको हो ।

    भारतमा एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजार आठ सय ९७ संक्रमित थपिएका छन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि ३१ हजार ३३२ पुगेको छ ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म नौ हजार तीन सय १८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको छ भने चार सयजनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा पनि १८१ जना मानिसको मृत्यु भइसकेको छ ।

    मध्य प्रदेशमा मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार ५३ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भइसको ।

    पश्चिम बंगालमा सात सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा पनि ३६६ जना मानिसमा भाइरसको संक्रमण देखिँदा दुईजनाको मृत्यु भएको छ ।

    अहिलेसम्म भारतमा सात हजार ६९६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार