काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले मालपोत तथा नापी कार्यालयमा बिचौलियाहरुको चलखेल रोक्न तथा बेथिति हटाउन भन्दै आइतबार उपत्यकाका तीन प्रमुख (उपसचिव)को सरुवा गरेका छन् ।
तर बिचौलियाको राज र बेथिति मालपोता भन्दा नापीमा बढी हुने गरेको छ । तर उपत्यकाका नापी कार्यालयका प्रमुखका बारेमा मन्त्रालयको रैथाने समूहले मन्त्री इङ्नामलाई गुमराहमा पार्दा मालपोतका कार्यालय प्रमुखमा मात्र निशानामा परेका छन् ।
त्यसैले मन्त्री इङ्नामको ध्यान अब मालपोतपछि उपत्यकाका नापी कार्यालयतिर जानुपर्ने न्त्रालय स्रो बताउँछ । इङ्नामले विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्दैआएका छन् । मन्त्री हुनुभन्दा पहिले उनी भक्तपुर मालपोत कार्यालय गएको बेला त्यहाँ कार्यरत एक सुब्बाले इङ्नामसँग घुस मागेका थिए । ‘त्यसैले मन्त्रीज्यू मालपोत तथा नापी कार्यालयमा हुने गरेको बेथिति रोक्न निकै गम्भीर देखिनुभएको छ ।
कहीँकतै गुनासो आउनेवित्तिकै तुरुन्तै उहाँले ठाउँका ठाउँ कर्मचारी सरुवा गर्ने गर्नुभएको छ । नापी कार्यालयहरुबाट पनि गुनासो आाएपछि उहाँ तुरुन्तै एक्सनमा उत्रनुहुनेछ’मन्त्रालयका एक कर्मचारीले भने ।
पछिल्ला दिनमा नापी कार्यालय भक्तपुरमा पूर्ण पाण्डे नापी कार्यालय प्रमुख छन् । यसैगरी ललितपुर नापी कार्यालयको प्रमुखमा अजित कुुँवर तथा चाबहिलमा संजय छतकुली कार्यरत छन् । यी तीनै जना प्रमुख नापी अधिकृतले बिचौलियासँग सेटिङ गरी सरुवा भएको आरोप छ ।
केपी ओली नेतृत्वको सरकारको बेला तत्कालीन भूमिब्यवस्था मन्त्री बलराम अधिकारी हुँदा नै पाण्डेलाई भक्तपुरमा ल्याउन सेटिङ भइसकेको थियो । त्यतिबेला उनले अधिकारीका निजी सचिवालयका कबिसिंह कठायतलाई सेटिङ गरेका थिए । गएको भदौ २४ गते उनी लगायत केही नापी अधिकृतहरुको सरुवाको विषयमा सचिवस्तरीय निर्णय गर्ने प्रस्ताव गरिएको थियो । त्यसै दिन जेनजी आन्दोलन भयो । आन्दोलनपछि नापी प्रमुख अधिकृतहरुको सरुवाको विषय रोकियो ।
भक्तपुर नापी कार्यालयमा आउने पूर्ण पाण्डेको चाहना भने रोकिएन । सेटिङमा उनी लागिरहे । नयाँ सरकार आएपछि मन्त्रालयका कर्मचारीलाई केही लाख रुपैयाँ दिएर उनी बिशेष नापी कार्यालय पाल्पाबाट भक्तपुरमा आउन सफल भए । उनको नयाँ घर भक्तपुरको बालकोटमा छ । पुरानो घर भने जुम्लामा छ । तर उनले बालकोटमा रहेको घरलाई लुकाउने गर्छन् । आफ्नो घर जुम्लामा मात्रै रहेको बताउने गर्छन् ।
चाबहिल नापीमा संजय छत्कुलीले मन्त्रालयका एक सहसचिवलाई आर्थिक प्रभावमा पारेर आफ्नो सरुवा गराउन सफल भएका हुन् । उनी सधै आकर्षक ठाउँमा बस्ने गरेका छन् । चितवन, पोखराजस्ता आकर्षक कार्यालयमा बसेर उनी चाबहिल पुगेका हुन् ।
ललितपुरका नापी अधिकृत कुँवर पनि शक्ति सेटिङमा निकै माहिर मानिन्छन् । उनी सधैंजसो आकर्षक कार्यालयमा बस्ने गरेका छन् । उनले पनि थैली बुझाएर ललितपुरमा आउन सफल भएका हुन् ।
‘मालपोतमा भन्दा बढी घुसखोरी र अनियमितता नापीमा हुने गरेको छ । नापीमा कित्ताकाटकै विषयमा लाखौं लाख अनियमितता हुने गरेको छ । नापीका कर्मचारीलाई पैसा दिने हो कम क्षेत्रफल भएकोलाई बढी र बढी क्षत्रफल भएको जग्गालाई कम क्षेत्रफल हुनेगरी कित्ताकाट गरिदिने गरेको आरोप छ । त्यसैले यस विषयमा मन्त्रीज्यूको ध्यान जान जरुरी छ’ एक कर्मचारीले भने ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend