काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले मालपोत तथा नापी कार्यालयमा बिचौलियाहरुको चलखेल रोक्न तथा बेथिति हटाउन भन्दै आइतबार उपत्यकाका तीन प्रमुख (उपसचिव)को सरुवा गरेका छन् ।
तर बिचौलियाको राज र बेथिति मालपोता भन्दा नापीमा बढी हुने गरेको छ । तर उपत्यकाका नापी कार्यालयका प्रमुखका बारेमा मन्त्रालयको रैथाने समूहले मन्त्री इङ्नामलाई गुमराहमा पार्दा मालपोतका कार्यालय प्रमुखमा मात्र निशानामा परेका छन् ।
त्यसैले मन्त्री इङ्नामको ध्यान अब मालपोतपछि उपत्यकाका नापी कार्यालयतिर जानुपर्ने न्त्रालय स्रो बताउँछ । इङ्नामले विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्दैआएका छन् । मन्त्री हुनुभन्दा पहिले उनी भक्तपुर मालपोत कार्यालय गएको बेला त्यहाँ कार्यरत एक सुब्बाले इङ्नामसँग घुस मागेका थिए । ‘त्यसैले मन्त्रीज्यू मालपोत तथा नापी कार्यालयमा हुने गरेको बेथिति रोक्न निकै गम्भीर देखिनुभएको छ ।
कहीँकतै गुनासो आउनेवित्तिकै तुरुन्तै उहाँले ठाउँका ठाउँ कर्मचारी सरुवा गर्ने गर्नुभएको छ । नापी कार्यालयहरुबाट पनि गुनासो आाएपछि उहाँ तुरुन्तै एक्सनमा उत्रनुहुनेछ’मन्त्रालयका एक कर्मचारीले भने ।
पछिल्ला दिनमा नापी कार्यालय भक्तपुरमा पूर्ण पाण्डे नापी कार्यालय प्रमुख छन् । यसैगरी ललितपुर नापी कार्यालयको प्रमुखमा अजित कुुँवर तथा चाबहिलमा संजय छतकुली कार्यरत छन् । यी तीनै जना प्रमुख नापी अधिकृतले बिचौलियासँग सेटिङ गरी सरुवा भएको आरोप छ ।
केपी ओली नेतृत्वको सरकारको बेला तत्कालीन भूमिब्यवस्था मन्त्री बलराम अधिकारी हुँदा नै पाण्डेलाई भक्तपुरमा ल्याउन सेटिङ भइसकेको थियो । त्यतिबेला उनले अधिकारीका निजी सचिवालयका कबिसिंह कठायतलाई सेटिङ गरेका थिए । गएको भदौ २४ गते उनी लगायत केही नापी अधिकृतहरुको सरुवाको विषयमा सचिवस्तरीय निर्णय गर्ने प्रस्ताव गरिएको थियो । त्यसै दिन जेनजी आन्दोलन भयो । आन्दोलनपछि नापी प्रमुख अधिकृतहरुको सरुवाको विषय रोकियो ।
भक्तपुर नापी कार्यालयमा आउने पूर्ण पाण्डेको चाहना भने रोकिएन । सेटिङमा उनी लागिरहे । नयाँ सरकार आएपछि मन्त्रालयका कर्मचारीलाई केही लाख रुपैयाँ दिएर उनी बिशेष नापी कार्यालय पाल्पाबाट भक्तपुरमा आउन सफल भए । उनको नयाँ घर भक्तपुरको बालकोटमा छ । पुरानो घर भने जुम्लामा छ । तर उनले बालकोटमा रहेको घरलाई लुकाउने गर्छन् । आफ्नो घर जुम्लामा मात्रै रहेको बताउने गर्छन् ।
चाबहिल नापीमा संजय छत्कुलीले मन्त्रालयका एक सहसचिवलाई आर्थिक प्रभावमा पारेर आफ्नो सरुवा गराउन सफल भएका हुन् । उनी सधै आकर्षक ठाउँमा बस्ने गरेका छन् । चितवन, पोखराजस्ता आकर्षक कार्यालयमा बसेर उनी चाबहिल पुगेका हुन् ।
ललितपुरका नापी अधिकृत कुँवर पनि शक्ति सेटिङमा निकै माहिर मानिन्छन् । उनी सधैंजसो आकर्षक कार्यालयमा बस्ने गरेका छन् । उनले पनि थैली बुझाएर ललितपुरमा आउन सफल भएका हुन् ।
‘मालपोतमा भन्दा बढी घुसखोरी र अनियमितता नापीमा हुने गरेको छ । नापीमा कित्ताकाटकै विषयमा लाखौं लाख अनियमितता हुने गरेको छ । नापीका कर्मचारीलाई पैसा दिने हो कम क्षेत्रफल भएकोलाई बढी र बढी क्षत्रफल भएको जग्गालाई कम क्षेत्रफल हुनेगरी कित्ताकाट गरिदिने गरेको आरोप छ । त्यसैले यस विषयमा मन्त्रीज्यूको ध्यान जान जरुरी छ’ एक कर्मचारीले भने ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend