Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा ५०० बढ्यो सुनको मूल्य


    आइतबार, फाल्गुन २३ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ ।

     मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ ।

    तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार