काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले केहीबेरअघि खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसँगै गएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगजमा गई खोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै नेपालमा दोस्रो चरणको खोप अभियान पनि औपचारिक रुपमा सुरु भएको छ । प्रधानमन्त्री ओलीका साथमा खोप लगाउनका लागि शिक्षण अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी पनि गएका थिए । यो चरणमा करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको आँकडा छ ।