दार्चुला । हिजो दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्डको उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् ।।
घाइते हुने ४ जनामा बुद्धिपल्लब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त रहेका छन् ।घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सडकबाट झण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको हो ।