Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईई प्रणालीकै अन्त्य गर्नुपर्ने : प्रतिष्ठान


    बुधबार, बैशाख १७ २०७७
    630
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १७ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने प्रणाली नै  अन्त्य गरिनुपर्ने गणेशमान सिह प्रतिस्थानले बताएको छ।

     कोरोना भाईरसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समितिको अपिल जारी गर्दै प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एसईई सदाका लागि अन्त्य गरिनुपर्ने उल्लेख गरेका हुन्।

    ‘हाम्रो समाजले एसईई परीक्षालाई जीवनमरणको रूपमा हेरिदिनाले परीक्षार्थीहरू अन्यौल र मानसिसक तनावमा छन्। तर मुलुकको शिक्षा प्रणालीलाई परिवर्तन गरी कक्षा १ देखि ८ सम्म आधारभूत, ९ देखि १२ सम्म माध्यमिक र त्यसमाथि उच्च शिक्षा भनी वर्गीकरण गरिसकेपछि एसईई परीक्षा सञ्चालन गर्नु साधन, स्रोत र समयको व्यर्थ खर्च मात्र हो,’ जोशीले जारी गरेको अपिलमा भनिएको छ।

    एसईई परीक्षाले विद्यार्थीमाथि अनावश्यक बोझ हुन पुगेकोले पनि एसईई सदाका लागि अन्त्य गरिनु बाञ्छनिय देखिने उनले बताएका छन्। ‘आजसम्मको मूल्यांकनका आधारमा उत्तिर्ण वा अनुत्तिर्ण भनि प्रमाणपत्र दिनु उचित देखिन्छ,’ उनले भनेका छन्।

    यस्तै प्रतिष्ठानले कक्षा ११ को परीक्षा यो वर्ष स्थगित गर्न र अघिल्ला परीक्षाका आधारमा प्रमाणपत्र वितरण गर्न उचित हुने पनि बताएको छ। कक्षा १२ को परीक्षा भने कोरोना संक्रमण न्युनिकरण भएपछि सावधानीपूर्वक सञ्चालन गर्नुपर्ने जोशीको भनाइ छ।

    कोरोनाका लागि सावधानी अपनाउन भन्दै सरकारले एसईई, कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका परीक्षा स्थगित गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार