काठमाडौं । न्यायपरिषदको आज बसेको बैठकले न्यायाधीश नियुक्ति गरेन । सर्वोच्च अदालतमा रिक्त २ र उच्च अदालतमा १९ न्यायाधीश नियुक्तिका लागि आज न्यायपरिषद बैठक बसेको थियो ।
बैठक न्यायाधीश नियुक्ति नगरी सकिएको छ । थप गृहकार्य गर्नुपरेकाले पुनः केही दिनमै बैठक बस्ने तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा परिषद बैठक बसेको थियो ।
सर्वोच्च अदालतमा २ न्यायाधीश पदरिक्त छन् । देशभरका उच्च अदालतहरुमा १९ न्यायाधीश रिक्त छन् ।