काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागेकी सांसद माया ज्ञवाली पुनः फर्किएकी छिन् । उनी प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेकी छन् । केही दिनअघि उनलाई ओली नेकपाले आफ्नो समूहमा आएको प्रचार गरेको थियो । तर आज उनी सिंहदरवारस्थित संसदीय दलको बैठकमा उनी उपस्थित भएर प्रचण्ड–माधव समूहमै रहेको प्रमाणित गरेकी छन् ।
गएको पुसमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा ज्ञवालीले हस्ताक्षर गरेकी थिइन् । बीचमा उनी ओली समूहमा लागेको समाचार सार्वजनिक भएकी छन् । ज्ञवालीका पति जीवराज आश्रित र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । भण्डारीपत्नी विद्या भण्डाी पटक पटक मन्त्री र दुई पटक राष्ट्रपति भए पनि ज्ञवालीलाई पहिलो पटक बल्लतल्ल सांसद बनाइएको छ ।