Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्कानलाई अमेरिकाको प्रतिष्ठित ‘साहसी महिला’ पुरस्कार


    शुक्रबार, फाल्गुन २१ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज अवार्डबाट मुस्कान खातुन सम्मानित हुने भएकी छन् । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै अमेरिकी सरकारले खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो ।

    प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुन एसिड आक्रमणको शिकार बनेकी थिइन् । घटना उनको अनुहार, छाती र हातमा चोट लागेको थियो । यसका बावजुद उनले यस विपतलाई नेपालमा परिवर्तन ल्याउने अवसरको रुपमा परिणत गरिन् ।

    नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् ।

    मुस्कानले नेपालमा एसिड आक्रमणबारे कडा कानुन ल्याउन पहलकदमी लिइन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् । यो अवार्ड दिन लागिएको यो १५ औं वर्ष हो । यसअघि मलाला युसफझाइ लगायतले यो अवार्ड जितिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार