Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिनुपर्छः गगन थापा


    बिहिबार, फाल्गुन २० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा खुलेर बहसमा उत्रिएका थापाको दृष्टिकोणमा परिवर्तन आएको छ । उनी चुनावबाटै मात्र निकास निस्कने निष्कर्षमा पुगेका छन् ।

     महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताएका हुन् ।

    अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए । 

    सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुँडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरेकी छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार