Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी


    बिहिबार, फाल्गुन २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सोल । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ ।

    दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ ।

    बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रति भएका थिए । गत वर्ष नोभेम्बरदेखि कैयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुदै आएको थियो । दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर सङ्क्रमितहरु देखिदै आएका थिए । ती क्षेत्रहरुमा आयातित केसहरूले पनि प्राथमिता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन् ।

    गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन् । दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ ।

    सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार