Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निगमभित्रको भ्रष्टाचार छानबिन गर्दै आयोग


    बिहिबार, फाल्गुन २० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौ । भ्रष्टाचारै भ्रष्टाचारको अखडाको रूपमा चिनिएको नेपाल वायुसेवा निगमभित्रको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ ।

    आयोगले निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागले गरेका खरिद सम्बन्धी निर्णय हँुदा भएको भ्रष्टाचारको छानबिन शुरू गरेको निगम स्रोत बताउँछ । उक्त विभाग भनेको निगमको जहाज बाहेक सबै सामान खरिद गर्ने विभाग हो । सो विभागको निमित्त प्रमुख बनेका र केही महिना अघिमात्रै अवकाश भएका अमृतमान श्रेष्ठ पनि यस छानबिनको दायरामा तानिएको आयोग स्रोत बताउँछ । अमृतको पालामा निगमलाई आवश्यक नै नपर्ने र नभएका आइटीका सामान खरिद गरेको अनि जिडिएसका पार्टीहरूसँग मोटो रकम कमिसन लिएको भन्ने उजुरीउपर पनि छानबिन भैरहेको थाहा भएको छ । यसबाहेक निगमको मुख्य भवन लगायत समेतको रंगरोगन गर्दा, सवारीचालक भर्ना गर्दा, निगमको भवन वरपर रहेका पसलहरूको भाडा सम्बन्धमा टेण्डर नगरी नवीकरण गरेर घुस लिएको आरोप श्रेष्ठमाथि लाग्दैआएको छ ।

     एयरपोर्टमा निगमको ड्राई स्टोर बनाउँदा भ्रष्टाचार गरेको र गाडीहरू मर्मत गर्दा पनि धेरै अनियमितता गरेको भन्दै सबै भ्रष्टाचारको छानबिन र स्वयं श्रेष्ठमाथि पनि छानबिन गर्न माग गरिएको छ । निगमभित्र शुरूमा हेल्पर, ज्यालादारी र करार टाइपिष्टका रूपमा प्रवेश गरेका अमृतमानलाई पछि विना प्रतिष्पर्धा स्थायी गरिएको थियो । अमृतमानको भाग्य आबाकाशमा जागिर खाएपछि खुल्यो । आबाकाश भन्ने अफिस निगमको भवनमा नै भाडामा थियो । जति पनि ट्राभल्स थिए तिनले आबाकाश मार्फत् टिकट काट्नु पर्दथ्यो ।

    आबाकाशले आफ्नो कमिसन कटाएर बाँकी रकम निगमलाई बुझाउने गर्दथ्यो । श्रेष्ठ निगममा काम गर्दा आबाकाशमा पनि काम गर्दथे । त्यहीँ बसेर राम्रो आम्दानी गरेका उनले टेण्डर हालेर बैंकक पोष्टिङ पाए । खासै शैक्षिक योग्यता नभएका श्रेष्ठ तत्कालीन महाप्रबन्धक र फाइनान्स निर्देशकको सेवा गरेकै कारण चाकडीको भरमा सिनियर नवौ तहका हुँदाहँुदै भर्खरै आठौं तहको भए पनि साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागको निमित्त प्रमुख हुने मौका पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार