काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा बितरण केन्द्रका तत्कालीन प्रमुख राजीवबिक्रम सिंह र सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसहित ४ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्राधिकरणको ९ सय मिटर तामाको तार बेचेर खाएको उजुरीमा अनुसन्धान गरी उनीहरुबिरुद्ध मंगलबार मुद्दा दर्ता गरेको हो । तत्कालीन कार्यालय प्रमुख सिंह र स्टोरकिपर काफ्लेसहित कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि.काठमाडौँका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र र हेम शर्मा रिमालबिरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ ।
सार्वजनिक संस्थाको सम्पत्ति तार नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्ट स्थित स्टोरमा रहेको नदेखिई जम्मा रु. १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ तीन पैसा बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको अनुसन्धानमा देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, सेक्युरिटी गार्डहरु रामकुमार पुर्जा र हेम शर्मा रिमालको समेत आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुले आफूहरुलाई गैरकानूनी लाभ तथा नेपाल सरकार र सार्वजनिक संस्था–नेपाल विद्युत प्राधिकरणलाई हानिनोक्सानी र्पुयाउने बदनियतले कार्य गरे गराएको देखिएकाले जनही रु. १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ तीन पैसा बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तो छ आरोपपत्र
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend