काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा बितरण केन्द्रका तत्कालीन प्रमुख राजीवबिक्रम सिंह र सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसहित ४ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्राधिकरणको ९ सय मिटर तामाको तार बेचेर खाएको उजुरीमा अनुसन्धान गरी उनीहरुबिरुद्ध मंगलबार मुद्दा दर्ता गरेको हो । तत्कालीन कार्यालय प्रमुख सिंह र स्टोरकिपर काफ्लेसहित कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि.काठमाडौँका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र र हेम शर्मा रिमालबिरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ ।
सार्वजनिक संस्थाको सम्पत्ति तार नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्ट स्थित स्टोरमा रहेको नदेखिई जम्मा रु. १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ तीन पैसा बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको अनुसन्धानमा देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, सेक्युरिटी गार्डहरु रामकुमार पुर्जा र हेम शर्मा रिमालको समेत आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुले आफूहरुलाई गैरकानूनी लाभ तथा नेपाल सरकार र सार्वजनिक संस्था–नेपाल विद्युत प्राधिकरणलाई हानिनोक्सानी र्पुयाउने बदनियतले कार्य गरे गराएको देखिएकाले जनही रु. १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ तीन पैसा बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तो छ आरोपपत्र
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend