काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीभित्रको आन्तरिक विवाद र मतभेदलाई संवादमार्फत टुङ्ग्याउनुपर्ने बताएका छन्।
विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको र यसलाई बचाउन संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तत्परता देखाउनुपर्नेमा जोड दिएका हुन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानसम्मत ढङ्गले विशेष महाधिवेशन माग गर्दा पनि केन्द्रीय समितिमा बहुमत छ भन्दै कार्यकर्ताको मनोभावलाई बेवास्ता गरिएको उनले बताए। केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले कार्यकर्ताको चाहनाविपरीत विशेष महाधिवेशन नबोलाएका कारण आजको परिस्थिति सिर्जना भएको डा. शर्माको ठहर छ।
उनले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग र अग्रगामी निर्णय लिनुपर्ने बताए। सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहन आग्रह गर्दै उनले विशेष महाधिवेशन पक्षधरले पनि पार्टीको हित र एकतालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
पार्टीभित्रका सबै मतभेदहरू संवादबाटै समाधान हुनुपर्ने भन्दै डा। शर्माले सहमति भाँड्ने र उच्छृङ्खल गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने चेतावनी दिए।
उनले एकताका नाममा कसैलाई पेल्ने, हेप्ने वा कारबाही गरेर पार्टीलाई विभाजनतर्फ धकेल्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे। कांग्रेस संकटमा पर्दा देश नै संकटमा पर्ने भएकाले सबै नेताहरूलाई जिम्मेवार बन्न उनले आग्रह गरे। विवाद समाधानका लागि वार्ता समिति बनेकाले आज मङ्गलबार बेलुकासम्म वार्तालाई निष्कर्षमा पुर्याउनुपर्ने उनको माग छ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend