Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस विशेष महाधिवेशन: दोस्रो दिनको बन्द सत्र सुरु


    मंगलबार, पुष २९ २०८२
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।

    भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ ।

    संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने बताइरहेको छ भने विशेष पक्षले नयाँ नेतृत्व समेत चयन गर्ने बताइरहेको छ ।

    विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार