Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन


    बुधबार, बैशाख १७ २०७७
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १७ बैशाख । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका महेश पन्थीको कोरोना संक्रमणवाट बुधबार निधन भएको छ । अमेरिका निवासी पत्रकार किशोर सापकोटाका अनुसार भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उनको निधन हो ।

    ललितपुर कुपोण्डोल निवासी पन्थी करिव १ दशकअघि अमेरिका आएका थिए । स्वर्गीय पन्थी कोरोना भाइरस संक्रमण २० दिनदेखि अस्पतालमा भर्ना भएका थिए । 

    नेपालमा रहँदा उनले फ्रेन्डस क्लववाट फुटवल खेल्ने गरेको परिवारका सदस्यहरुले वताएका छन् । स्व् पन्थी भर्जिनिया राज्यको सेन्टरभिल शहरमा श्रीमती, छोरा र छोरीसँंग बस्दै आउनु आएका थिए । उनंको आगामी शुक्रबारसम्म दाहसंस्कार गरिने छ ।

    यसअघि अमेरिकामा काोरोना संक्रमणबाट ४ नेपालीको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार