Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीद्धारा ३४ किलो गाजाँसहित पक्राउ परेका दुई जना सार्वजनिक


    बुधबार, फाल्गुन १९ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाबाट झण्डै ३४ किलो गाजाँसहित पक्राउ परेका दुई जनालाई प्रहरीले  सार्वजनिक गरेको छ । ३४ किलो गाजाँसहित पक्राउ पर्नेमा मालिका गाउँपालिकाका ६३ वर्षीय हर्कबहादुर रोका र सोही गाउँपालिकाका प्रेमबहादर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

    रोकालाई फागुन १७ गते पक्राउ गरेको हो भने पुनलाई १३ गते पक्राउ गरेको थियो । फरक मितिमा दुबै पक्राउ परेका उनीहरुलाई प्रहरीले मंलबार सार्वजनिक गरेको छ ।

    म्याग्दी प्रहरीले रोकाको घरमा छापा मार्दा २० किलो ९ सय ग्राम गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको थियो ।यस्तै पुनले गोठमा लुकाएर राखेको अवस्थामा प्रहरीले छापा मारी १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए ।

    प्रहरी नायव उपरीक्षक राईले लकडाउनपछिको खुकुलो वातावरणको फाइदा उठाउँदै तस्करहरु सक्रिय भएको पाइएको बताएकाछन् ।

    ‘कोरोनाले लामो समय लकडाउन भयो तस्करहरुले आफ्नो गतिबिधि गर्न पाएनन् अहिले खुकुलो भएको छ, त्यसैले फेरि तस्करहरु सल्बलाउन थालेका छन्’ राईले भने, ‘हामी यस्ता अबैध धन्दा गर्नेहरु कसैलाई छाड्दैनौ, बिस्तारै सबैलाई कानुनी कारबाहीमा ल्याएरै छाड्छौं ।’

    पक्राउ परेका दुबैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाई सकिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार