काठमाडौं । सरकारले १३ सचिवको सरुवा गर्दा सबैभन्दा अक्षम अर्थमन्त्रालयका कृष्णहरि पुस्कर कर्णको नाम सूचीमा थियो । तर सरुवामा उनी नअटाएपछि उनी कसरी थमौती भन्ने खोजी सुरु भएको छ । बर्षमान पुनले अर्थमन्त्रालय सम्हालेलगत्तै ब्रिफिङ नै नगरी अमेरिका उडेपछि पुस्कर र मन्त्रीबीचको सम्बन्ध झन् चिसिएको थियो ।
राजस्व सचिवको रुपमा डा. रामप्रसाद घिमिरेले कर्णको तर्फबाट पनि मन्त्रीलाई ब्रिफिङ गरेका थिए । मन्त्री पुनले पार्टी मुख्यालयदेखि प्रधानमन्त्रीसम्मलाई अर्थमा आफ्नो रोजाइका सचिव ल्याएरै छाड्ने बताएका थिए । धेरैले अर्जुनप्रसाद पोखरेल वा रामप्रसाद घिमिरेमध्ये अर्थसचिव हुने अनुमान गरेका थिए । तर सोमबार सार्वजनिक भएको सरुवामा पुस्करको थमौती भएपछि सबै अड्कलबाजी झुटो साबित भएको छ ।
पोखरेलले अर्थ नपाए उद्योग वा संघीय मामिला तथा सामान्य पाउने चर्चा थियो । तर उनी यो लटको सरुवामा पनि प्रधानमन्त्री कार्यालयमै थन्किन बाध्य भएका छन् । कर्ण माओवादी नेता जनार्दन शर्मानिकट मानिन्छन् । शर्माले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएर सरुवा हुनबाट जोगाएको बताइन्छ । स्रोत भन्छ, बजेटसम्म पुस्करलाई राख्ने र त्यसपछि पोखरेल वा घिमिरेलाई अर्थसचिवका रुपमा भित्र्याउने प्रधानमन्त्री र अर्थमन्त्रीबीच भित्री सहमति भएको बताइन्छ ।
अर्थतन्त्र थला परेको सवेदनशील घडीमा अर्थको कुनै जानकारी नै नभएका र हल्काफूल्का स्वभावका पुस्करलाई त्यहीँ राखेर सरकारले अर्थतन्त्र सुधार गर्न नगर्ने संकेत देखाइरहेको छ । सेयरबजारले देखाएको रातो झन्डाले पनि अर्थमन्त्रालयको नेतृत्व असफल छ भन्ने संकेत गर्दछ । बजेट तयारीको पूर्वसन्ध्यामा अर्थमन्त्री फेर्न तयार हुने प्रधानमन्त्रीले सचिव सरुवामा भने त्यही बहाना बनाएर थमौती गर्नुले अनेक प्रश्न खडा गरेको छ ।
पार्टी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मामात्र होइन, कृष्णहरिले थमौतीका लागि मित्रराष्ट्र भारतीय दूताबासका अधिकारी र केही नेताहरुमार्फत् दबाब प्रधानमन्त्री र अर्थमन्त्रीलाई दिएको जानकारहरु बताउँछन् । क्षमताले भन्दा पनि दबाब र प्रभावकै भरमा थमौतीमा परेका पुस्करले केही ब्यापारीसमेत थमौतीमा प्रयोग गरेका थिए ।
त्यस्तै, सरुवाको चर्चामा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह पनि थमौती भएका छन् । कर्मचारी सरुवा र स्थनीय निकायका प्रमुख प्रशासकीय अधिकृत तोक्ने सवालमा ठूलो आर्थिक चलखेल गरेका उनले भेगीय आधारमा मन्त्री भानुभक्त जोशीसँग रुवाबासी गरी टिक्न सफल भएका छन् ।
रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दीपक काफ्ले र सबैका प्रिय शिक्षा सचिव सुरेश अधिकारी आ आफनो शक्ति प्रयोग गरी टिक्न सफल भएका छन् । ठूलो लटमा सचिव सरुवा गरेको सरकारले अब सहसचिवहरुको सरुवा तयारी गरेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend