काठमाडौं । सरकारले १३ सचिवको सरुवा गर्दा सबैभन्दा अक्षम अर्थमन्त्रालयका कृष्णहरि पुस्कर कर्णको नाम सूचीमा थियो । तर सरुवामा उनी नअटाएपछि उनी कसरी थमौती भन्ने खोजी सुरु भएको छ । बर्षमान पुनले अर्थमन्त्रालय सम्हालेलगत्तै ब्रिफिङ नै नगरी अमेरिका उडेपछि पुस्कर र मन्त्रीबीचको सम्बन्ध झन् चिसिएको थियो ।
राजस्व सचिवको रुपमा डा. रामप्रसाद घिमिरेले कर्णको तर्फबाट पनि मन्त्रीलाई ब्रिफिङ गरेका थिए । मन्त्री पुनले पार्टी मुख्यालयदेखि प्रधानमन्त्रीसम्मलाई अर्थमा आफ्नो रोजाइका सचिव ल्याएरै छाड्ने बताएका थिए । धेरैले अर्जुनप्रसाद पोखरेल वा रामप्रसाद घिमिरेमध्ये अर्थसचिव हुने अनुमान गरेका थिए । तर सोमबार सार्वजनिक भएको सरुवामा पुस्करको थमौती भएपछि सबै अड्कलबाजी झुटो साबित भएको छ ।
पोखरेलले अर्थ नपाए उद्योग वा संघीय मामिला तथा सामान्य पाउने चर्चा थियो । तर उनी यो लटको सरुवामा पनि प्रधानमन्त्री कार्यालयमै थन्किन बाध्य भएका छन् । कर्ण माओवादी नेता जनार्दन शर्मानिकट मानिन्छन् । शर्माले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएर सरुवा हुनबाट जोगाएको बताइन्छ । स्रोत भन्छ, बजेटसम्म पुस्करलाई राख्ने र त्यसपछि पोखरेल वा घिमिरेलाई अर्थसचिवका रुपमा भित्र्याउने प्रधानमन्त्री र अर्थमन्त्रीबीच भित्री सहमति भएको बताइन्छ ।
अर्थतन्त्र थला परेको सवेदनशील घडीमा अर्थको कुनै जानकारी नै नभएका र हल्काफूल्का स्वभावका पुस्करलाई त्यहीँ राखेर सरकारले अर्थतन्त्र सुधार गर्न नगर्ने संकेत देखाइरहेको छ । सेयरबजारले देखाएको रातो झन्डाले पनि अर्थमन्त्रालयको नेतृत्व असफल छ भन्ने संकेत गर्दछ । बजेट तयारीको पूर्वसन्ध्यामा अर्थमन्त्री फेर्न तयार हुने प्रधानमन्त्रीले सचिव सरुवामा भने त्यही बहाना बनाएर थमौती गर्नुले अनेक प्रश्न खडा गरेको छ ।
पार्टी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मामात्र होइन, कृष्णहरिले थमौतीका लागि मित्रराष्ट्र भारतीय दूताबासका अधिकारी र केही नेताहरुमार्फत् दबाब प्रधानमन्त्री र अर्थमन्त्रीलाई दिएको जानकारहरु बताउँछन् । क्षमताले भन्दा पनि दबाब र प्रभावकै भरमा थमौतीमा परेका पुस्करले केही ब्यापारीसमेत थमौतीमा प्रयोग गरेका थिए ।
त्यस्तै, सरुवाको चर्चामा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह पनि थमौती भएका छन् । कर्मचारी सरुवा र स्थनीय निकायका प्रमुख प्रशासकीय अधिकृत तोक्ने सवालमा ठूलो आर्थिक चलखेल गरेका उनले भेगीय आधारमा मन्त्री भानुभक्त जोशीसँग रुवाबासी गरी टिक्न सफल भएका छन् ।
रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दीपक काफ्ले र सबैका प्रिय शिक्षा सचिव सुरेश अधिकारी आ आफनो शक्ति प्रयोग गरी टिक्न सफल भएका छन् । ठूलो लटमा सचिव सरुवा गरेको सरकारले अब सहसचिवहरुको सरुवा तयारी गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend