Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको एकान्तकुनामा दुर्घटना: एक जनाको मृत्यु


    बुधबार, फाल्गुन १९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् ।

    दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् । गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार