Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राउनसुगरसहित दुई जना पक्राउ


    बुधबार, फाल्गुन १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार