Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोप लगाएपछि पनि कोराना संक्रमणको जोखिम रहने


    बुधबार, फाल्गुन १९ २०७७
    525
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ। ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाएका थिए।

    खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताए। उनले भने, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ।’ दवाडी अहिले होम आइसोलेसनमा छन्। उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको बताए। 

    उनले भने, ‘पहिलो डोज (मात्र) लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुन सक्छ। खोप लगाएको १६ दिनमा संक्रमण भएको हो भने एन्टिबडी विकास हुने समय पनि भइनसकेको हुनुपर्छ। त्यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।’ 

    कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।

    कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक  एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए।  उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’

    कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा. उप्रेतीले बताए। कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा. उप्रेतीले बताए। उनले भने, ‘दुई डोज लगाएपछि खोपको प्रभावकारिता लामो समयसम्म हुन्छ। कति लामो समयसम्म प्रभावकारि हुन्छ भन्नेबारे अध्ययन भइरहेको छ।’

    भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने उप्रेतीले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार