Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन महिने छोराको बुबाको कुटाइबाट मृत्यु , बुबा प्रहरी नियन्त्रणमा


    मंगलबार, फाल्गुन १८ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् ।

    लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन् । राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘‘सुतिरहेका छोराको टाउकोमा हानेछन्’’, उहाँले भन्नुभयो ।

    यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् । लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन् । बुबाको टाउकामा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    भाइलाई सामान्य चोट लागेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार