Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कसले गर्यो वनमन्त्री आलेलाई एक अर्ब घुसको प्रस्ताव ?


    मंगलबार, फाल्गुन १८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई १ अर्ब रुपैयाँको घुसको प्रस्ताव आएको बताएका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उदघाटन कार्यक्रममा आलेले  एक अर्ब रुपैयाँको प्रस्ताव आएको खुलासा गरेका हुन् । 

    आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न उक्त आर्थिक प्रलोभन देखाइएको बताएका हुन् ।

    सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गएको  माघ ११  मा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार