ताप्लेजुङ । बिजुली सट भई लागलागी हुँदा ताप्लेजुङको दोभान बजारका ४० भन्दा बढी घर पूर्णतया जलिसकेका छन् । ताप्लेजुङ घर भएका ब्यवसायी चित्रगुप्त साँवाका अनुसार आज बिहान दोभानबजारका भोला पौडेलको घरमा बिजुली सट भई आगलागी भएको थियो ।
स्थानीय भोला पौडेलको घरबाट सुरु भएको आगलागीका कारण ४० भन्दा घरमा फैलिएको थियो । दोभान बजार ताप्लेजुङको सदरमुकामभन्दा ७ किलोमिटर मुनि रहेको तमोर र मैवा खोलाको किनारामा अवस्थित छ ।