Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु


    सोमबार, फाल्गुन १७ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धादिङ। धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।

    ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा विष्णु अधिकारीको ११ वर्षीया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

    ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार