काठमाडौं । पूर्वसांसद बासुदेव घिमिरेले पार्टी त्यागेपछि एमालेमा तरंग पैदा गरेको छ । तिलोत्तमा नगरपालिकाको मेयर हुँदा राम्रो काम गरेर चर्चामा आएका पूर्वसांसद घिमिरेले मंगलबार एमाले परित्याग गरेको घोषणा गरेपछि एमाले पंक्ति तरंगित भएको हो ।
जनाधार भएका घिमिरेजस्ता नेताहरु एकपछि अर्को गरी अलग हुन थालेपछि एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान अवस्था इतिहासकै कठिन घडी भएकाले सबै पार्टी पंक्तिलाई धैर्यता अपनाउन आग्रह गरेका छन् । पार्टीका नेता–कायृकर्तालाई विचलित नहुन र आफ्नोतर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन् ।
एमालेको ११ औ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको बिषय अघि सारेको र उक्त प्रस्तावले नेपालको राजनीतिक वृत्त, संचारजगत, वुद्धिजीवी तथा आमजनसमुदायको प्रयाप्त ध्यानाकर्षण भएको उल्लेख गर्दै आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने भट्टराईको भनाइ छ ।
सामाजिक संजालमा भट्टराईले लेखेका छन्–‘ यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको अवस्था छ । यो बेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनुपर्नेछ । यसका लागि धैर्यता अनिवार्य छ ।
हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा (एमाले) को ११ औ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको बिषय अघि सारेका थियौं । हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, संचारजगत, वुद्धिजीवी तथा आमजनसमुदायको प्रयाप्त ध्यानाकर्षण भएको छ । आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहनेछ ।
हामीले पार्टीको अन्तरसंघर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौं ।
म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नोतर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु ।
हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ र निकट भविष्यमै पार्टीपंक्तिबाट पनि अनुमोदन हुनेछन् ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend