Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चितवनको माडी स्थित एक घरमा आगलागी , दश लाखको क्षति


    आइतबार, फाल्गुन १६ २०७७
    3.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भरतपुर । चितवन माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज आगलागी हुँदा जलेर नष्ट भएको हो ।

    स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उहाँले बताउनुभयो । गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो ।

    आगलागीबाट मानवीय क्षति भएको छैन । एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।

    गर्मी मौसमको शरुआत आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार