Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली समूहका केन्द्रीय सदस्य मियाँ दाहाल–नेपाल समूहमा फर्के


    आइतबार, फाल्गुन १६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बायाँबाट ताज मोहम्मद मियाँ, नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल 

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाई सरकार हुँदाहुँदै प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वाेच्च अदानतले उल्टाइदिएपछि सो समुह छाड्ने क्रम सुरु भएको छ । ओली समूहले ११ सदस्यीय जम्बो केन्द्रीय समितिमा राखेका ताज मोहम्मद मियाँ आज नेकपाको मूलधारमा फर्किएका छन् । उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गरेका छन् । 

    मिया हज कमिटीका पूर्व अध्यक्ष पनि हुन् । मियाँले विज्ञप्ति प्रकाशित गरी नेकपाको मूलधारमा फर्किनुपर्नाको कारण यसरी खुलाएका छन्–दुई ठूला  कम्युनिष्ट पार्टी मिलेर नेकपा गठनको घोषणासँगै लोकतन्त्र, शान्ति, समृद्धि र समाजवादका लागि जनताको अपार विश्वास र मत प्राप्त गरेर सरकार गठन गरेको विदितै छ ।

    taj press.jpg

    जनताको यो विश्वासलाई नेकपाको विधान र स्थापित संगठनात्मक निर्णय विपरीत स्वेच्छाचारी रुपमा संसद बिघटन गर्ने केपी ओलीद्धारा गरिएको संसद बिघटन सर्वोच्च अदालतले बदर गरेकोमा स्वागत गर्दछु । र, नेकपाको बिधान विपरीत पार्टीको अल्पमत(ओली) पक्षले नियुक्त गरेको केन्द्रीय सदस्य पद पनि परित्याग गरेको घोषणा गर्दछु । र, आफू पुष्पकमल दाहाल प्रचण्ड र  माधव नेपालले नेतृत्व गुेको नेकपाको मूलधारमै रहेको स्पष्ट पार्न चाहन्छु ।

    मियाँ नेकपाको एकता अभियानका नेता वामदेव गौतम निकट मानिन्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार