Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलंकाका जेलमा २६ नेपाली महिला : कसले पुर्‍यायो ?


    आइतबार, फाल्गुन १६ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ ।

    मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

    मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेका बताए । उनका अनुसार जेलमा रहेका माथि अध्यागमन नियम उल्लंघन लगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

    प्रवक्ता निरौलाले मन्त्रालय अन्तरगतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्ने बित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए । उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरु कसरी त्यहाँ पुगे, कसले पुर्‍यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ ।

    स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रुपमा खाडीका देश पु¥याएर आकर्षक जागिर मिलाइदिने आश्वासनमा श्रीलंका पुर्‍याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ होइन । आजको कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार