Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँको व्यास नगरपालिकामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु


    आइतबार, फाल्गुन १६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।

    मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।

    दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार