Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोषी जोसुकै होस् छाड्दैनौं, प्रतिशोधका आधारमा निर्दोषलाई कारबाही गर्दैनौंः प्रमुख आयुक्त राई


    शनिबार, फाल्गुन १५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     शनिवार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने स्पष्ट पारेका छन् ।

    मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले  अनुभव गर्नसक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको औँल्याएका छन् । आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढंगले भ्रष्टाचार नियन्त्रणको कार्यमा लाग्ने समेत प्रमुख आयुक्त राईले बताएका छन् । भ्रष्टाचार नियन्त्रणको बिषयमा विगतमा जुन प्रकारले कामकारबाही भइरहेको थियो, त्यो भन्दा प्रभावकारी ढंगले लैजाने प्रण गर्दछु, प्रमुख आयुक्त राईले भने ।

    उनले भने–‘आम नागरिक, मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्नेछैन ।’

    प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दाेषलाई फसाउने काम हुँदै नहुने तर दोषी जोसुकै होस् तथ्य र प्रमाणका आधारमा कारबाही गर्नबाट पछि नहट्ने प्रतिबद्धता राईले प्रकट गरेका छन् । प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोगको इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।

    भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिकको समेत सहयोग खाँचो रहेको औँल्याउँदै उनले सबैको साथको अपेक्षा गरेका छन् ।

    २०७७ मंसिर ३० मा संवैधानिक परिषदबाट सिफारिस भएका राईले गएको माघ २१ म पदबहाली गरेका हुन् । अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका राईलाई बधाई दिन काठमाडौं महानगरपालिका २९ का स्थानीय, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवी पुगेका थिए । उनीहरूले अख्तियारका प्रमुख राईलाई बधाई तथा शुभकामना प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

    prem rai samman.jpg

    प्रमुख आयुक्त राईलाई सम्मान गर्दै २९ वडाका अध्यक्ष र संघसंस्थाका प्रतिनिधि

    २९ वडाका अध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका अध्यक्ष ईन्द्रसुर राई तथा घट्टेकुलो नमुना नगर टोल सुधार समितिका कार्यक्रम संयोजक मोहनकुमार डाँगीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उनीहरूले अख्तियार प्रमुख राईको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै भ्रष्टाचारीलाई कारवाहीका लागि खुट्टा नकमाउन सुझाव दिएका थिए ।

    घट्टेकुलो समाजका सस्थापक अध्यक्ष तथा हाल संरक्षक रहेका कलाकार मदनदास श्रेष्ठले बधाइ दिने क्रममा भनेका छन्–‘अख्तियारले साना माछालाई समातेर ठूला माछालाई छाडेको अर्थात् ठूला भ्रष्टाचारमा छानबिन नगरेको गुनासो राईको कार्यकालमा नसुनियोस् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार