Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्वारेन्टाइनमा जन्माईन छोरा


    मंगलबार, बैशाख १६ २०७७
    945
    Shares
  • २ मिनेट पाठ
  • सुर्खेत, १६ बैशाख । तीन  दिनदेखि क्वारेन्टाइनमा बस्दै आएको एक महिलाले छोरालाई जन्म दिएकी छिन ।सुर्खेतको पञ्चपुरी नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा  महिलाले छोरालाई जन्म दिएकी हुन् ।  

    पञ्चपुरीको विद्यापुर क्याम्पसमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरालाई जन्म दिएकी हुन्।

    पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्र बहादुर थापाका अनुसार सुत्केरी व्यथा लागेपछि  सालकोट क्वारेन्टाइनबाट सालकोट स्वास्थ्य चौकी पु-याएका थियौं । कमलाले साढे तीन किलो तौलको छोरालाई जन्म दिइन्।अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ।

    पञ्चपुरी नगरपालिका–६ छाप्रेकी कमला श्रीमानसँगै चितवनमा ठेलामा मःमः बनाएर विक्री गर्ने काम गर्थिन्। ‘लकडाउन लम्बिँदै गएकाले चितवनमा खानकै समस्या भयो,’ कमलाले भनिन्, ‘जोखिम मोलेरै प्रहरीको सहयोगमा काठमाडौंबाट आएको बस चढेर सुर्खेत पुगेका थियौं।’

    चितवन हुँदै वीरेन्द्रनगरबाट आइतबार राति कमला र उनका श्रीमान पञ्चपुरी पुगेका थिए। नगरप्रमुख थापाले कमलालाई अव होम क्वारेन्टाइमा राखिने बताए। ‘सुत्केरीलाई क्वारेन्टाइमा राख्दा स्याहार गर्न समस्या हुने भएकाले होमक्वारेन्टाइमा राख्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘क्वारेन्टाइमा बच्चा जन्मिएकाले आमा र बच्चाको पोषणको जिम्मेवारी हामीले लिन्छौं।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार