रसुवा, १६ बैशाख । आइतबार राति काठमाडौंबाट रसुवा गएका १ सय ८८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
नौकुण्ड गाउँपालिकाले काठमाडौंबाट गाउँ फर्किएका उनीहरूलाई होम क्वारेन्टाइनमा राखेको हो । गाउँपालिकाका अनुसार वडा कार्यालयहरूको समन्वयमा उनीहरू आफ्नै घरमा गएका हुन् ।
गाउँपालिकाका अनुसार वडा नम्बर १ मा १५, २ मा २०, ३ मा ३४, ४ मा ७, ५ मा ८१ र ६ मा ३१ जना गरी १ सय ८८ जना आएका थिए। आएकामध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको थियो। अन्य व्यक्ति सोमवार नै घर गएपछि उनीहरू जिल्लामा आइतबार ३ सय ७७ जनालाई ल्याइएको थियो। आमाछोदिङ्मो गाउँपालिकाले आइतबार राति नै क्वारेन्टाइनमा लगेर राखेको थियो। बाँकी चारवटा गाउँपालिकाले सोमबार आफ्ना नागरिक जिल्लामा लगेका हुन्। नौकुण्ड गाउँपालिका बाहेक अन्य गाउँपालिकामा आएका नागरिकलाई भने क्वारेन्टाइनमा राखिएको छ।
कोभिड सूचना केन्द्र रसुवाका अनुसार आमाछोदिङ्मोमा ७७, गोसाइँकुण्डमा ९२, कालिकामा ५२ र उत्तरगयामा ४२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लामा हालसम्म ३ सय ५२ शैयाको क्वारेन्टाइन निर्माण भएको छ ।कोभिड सूचना केन्द्र रसुवाका अनुसार आमाछोदिङ्मोमा ७७, गोसाइँकुण्डमा ९२, कालिकामा ५२ र उत्तरगयामा ४२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लामा हालसम्म ३ सय ५२ शैयाको क्वारेन्टाइन निर्माण भएको छ। जसमा आमाछोदिङ्मोमा ७७, गोसाइँकुण्डमा १ सय ५, कालिकामा ६०, उत्तरगयामा ५० र नौकुण्डमा ६० शैयाको क्वारेन्टाइन निर्माण भएको छ।