Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अतिकम विकसित राष्ट्रबाट नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस


    शनिबार, फाल्गुन १५ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस भएका छन्।

    संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका हुन् ।

    संयुक्त राष्ट्रसंघको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा पूर्ण ढंगले रूपान्तरित हुनका लागि पाँच वर्षको समय दिएको छ । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।

    अब विकासशिल राष्ट्र घोषणा हुनका लागि ५ वर्षमा सबै तयारी पूरा गर्नुपर्ने हुन्छ । सन् २०२६ सम्ममा नेपाल विकासशिल राष्ट्र बन्न सक्छ । सामान्यतः यस्तो संक्रमणकालीन अर्थात् तयारी अवधि अधिकतम तीन वर्षका लागि हुन्छ ।

    तर कोभिड–१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो तयारी अवधिलाई पाँच वर्ष बनाइएको सीडीपीले उल्लेख गरेको छ । दक्षिण एसियामै भुटान २०२३ र बंगलादेश सन् २०२४ मा स्तरोन्नति हुने तयारीमा थिए । नेपालले भने सन् २०२२ मा स्तरोन्नति हुने लक्ष्य राखेको थियो ।

    नेपालसँगै सीडीपी लाओस् र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको छ । सन् २०१५ मा गरिएको समीक्षामा पनि नेपालले स्तरोन्नतिका लागि आवश्यक मापदण्ड पुरा गरे पनि नेपाल सरकारले भूकम्पले पारेको क्षतिका कारण थप अवधि माग गरेपछि त्यतिबेला पनि स्तरोन्नतिको प्रक्रियालाई पर सारिएको थियो।

    पाँँच वर्षको तयारी अवधि राखिएको हुँदा नेपालले अति कम विकसित राष्ट्रको रुपमा पाउने सहायता सन् २०२६ सम्म पाउनेछ। नेपालले पाउने सुविधा रोकिँदा पर्नसक्ने असरलाई व्यवस्था गर्नका लागि पाँच वर्षे तयारी अवधिको रुपमा संक्रमणकालको समय दिइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार