Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल एयरलाइन्सले अष्ट्रेलियामा किन गर्दैछ, दोस्रो उडान ?


    मंगलबार, बैशाख १६ २०७७
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १६ बैशाख । अष्ट्रेलियाको नागरिक फर्काउन नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्ने भएको छ ।

     लकडाउनका कारण नेपालमा अड्किएका  अष्ट्रेलियाली नागरिकलाई फर्काउन दूतावासले उक्त उडानको पहल गरेको हो ।

    यात्रु स्वयमले टिकट काट्ने गरी यसअघि पनि दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी बि्रस्वेन उडाएको थियो ।  

    दूतावासका अनुसार आगामी ६ मेमा अष्ट्रेलियाको सिड्नीका लागि उडान गर्ने तयारी भएको छ । दूतावासले जुन व्यक्तिलाई अष्टे्रलिया र्फकनु छ, उनीहरुलाई टिकटका लागि नेपाल एयरलाइन्समै सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

    यसअघि दूतावासले एक टिकेटिङ कम्पनीमार्फत आफ्ना नागरिकको उडान व्यवस्थापन गरेको थियो । तर, उक्त उडान विवादित बन्न पुगेको थियो ।

    यसअघि भने दूतावासले सिधै वायुसेवा कम्पनीमा सम्पर्क गर्न भनेको छ । कोभिड १९ को संकटका समयमा नेपाल सरकारको प्राथमिकता आफ्ना नागरिक हुने, नेपालमा तत्काल व्यवसायिक उडानको सम्भावना नरहेको र अष्ट्रेलिया सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिने भएकाले चार्टर्ड उडानका लागि पहल गरेको दूतावासले जनाएको छ ।यसअघि भने दूतावासले सिधै वायुसेवा कम्पनीमा सम्पर्क गर्न भनेको छ । कोभिड १९ को संकटका समयमा नेपाल सरकारको प्राथमिकता आफ्ना नागरिक हुने, नेपालमा तत्काल व्यवसायिक उडानको सम्भावना नरहेको र अष्ट्रेलिया सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिने भएकाले चार्टर्ड उडानका लागि पहल गरेको दूतावासले जनाएको छ ।

    यो उडान नेपाल एयरलाइन्सको दोस्रो अष्ट्रेलिया उडान हुनेछ । नेपाल एयरलाइन्सले पहिलो उडान १ अपि्रलमा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार