काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा निर्वाचन नगराई सार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारले कुनै पनि तर्क वा बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस गरे त्यस विरुद्ध सडक संघर्षमा उत्रिने स्पष्ट संकेत गरेका हुन् ।
उनले मुलुकमा सहज र समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचन पछि धकेल्ने कार्य संविधान मिच्ने काम हुने बताए । सरकार यस्ता गतिविधिमा लागे चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
संयोजक प्रचण्डले भने–‘’सरकारलाई हामी स्पष्ट भन्न चाहन्छौँ कुनै पनि तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नुहोस् । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरियोस्। यदि त्यसो गरिएन भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’
दाहालले यसअघि पनि एक पटक संविधान मिचिएको उल्लेख गर्दै देशको असहज अवस्थालाई मध्यनजर गर्दै अन्तरिम सरकार गठनमा सहयोग गरिएको स्मरण गराए ।
तर सोही सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने प्रयास गरे त्यसलाई सह्य नहुने उनको भनाइ थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend