Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ फागुन २३ गतेदेखि निष्काशन हुँदै


    शुक्रबार, फाल्गुन १४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

    बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीकोे आर्इपीओमा सर्बसाधारणले  फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् । ।

    ज्योति लाइफको आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार