Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमला नदीमा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्दार


    मंगलबार, असार २६ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीले सोमबार बिहान सकुशल उद्धार गरेको छ ।

    उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ बर्षीय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ बर्षीय मोहम्द हाकिम राई र ३५ बर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु सो नदीको बीच भागमा फसेका थिए ।

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो ।
    त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो ।

    धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ बर्षीय श्यामकुमार महतो वाई बी १५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीका कारण सो नदिमा बीच भागमा फसेका थिए ।

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सहचालक रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार