काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । हिजो बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई तत्काललै वीर अस्पताल लगिएको थियो ।
आज बिहानै जोशीलाई वीर अस्पतालबाट नर्भिक अस्पताल पुऱ्याइएको छ। उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको पारिवारिक स्रोत अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।