काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले विज्ञान सम्बन्धी चेतना बढाउन र प्रबिधिको सही उपयोग गर्न सके कोभिड–१९ र त्यस्ता ठुला महामारी विरुद्धको लडाई लड्न सफल हुने बताउनुभएको छ । उहाँले कोभिड–१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदान लाई सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पार्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नाष्टका १८ वैज्ञानिकको प्रस्ताब छनौट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्ताब अनुसार प्रबिधि विकास गरी सोही प्रबिधिको माध्यमबाट कोभिड–१९ नियन्त्रण गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । विज्ञान प्रबिधि तथा नवप्रवर्तन नीति–२०७६ को कार्ययोजना तयारी गोष्ठीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको २१ औ सताब्दीमा विज्ञान र प्रबिधिको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । भन्नुभयो–‘नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रबिधि विकासलाई महत्वदिने योजना आवश्यक छ’ ।
पछिल्लो समयमा विकसित राष्ट्रको रुपमा देखा परेको मुलुकहरुले विज्ञान प्रबिधि र नवप्रवर्तन बाटै मुलुकलाई आमुल परिवर्तन गरेको चर्चा गर्दै उहाले नेपालले पछि सो क्षेत्रमा प्रगति अर्नु आवश्यक छ रहेको बताउनुभयो । ‘उदीयमान प्रबिधिको रुपमा विकास भैरहेको स्याटेलाईट, आइसिटी, रोबोटिक्स, आर्टिफिसियल इन्टलिजेन्स, न्युक्लियर टक्ेलोलोजी जस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सम्वृद्धीकोृ दिसामा अघि बढ्नु अपरिहार्य रहेको उहाँको भनाई थियो । उहाँले स्याटेलाईट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै त्यस्ता बैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उहाले विज्ञान र प्रविधि आफैमा महत्वपुर्ण विषय भएकोले यस विषयसंग जोडिएका सम्पुर्ण काम गर्न छुट्टै विज्ञान मन्त्रालय आवश्यक रहेको बताउनुभयो । भन्नुभयो–शिक्षा र विज्ञान एउटै मन्त्रालय भएकोले विज्ञान क्षेत्रका काम गर्न केही समस्या परेको छ भन्नुभयो । नीतिमा भएका विषयलाई कायन्वयन गर्न र आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रीको हैसियतले आफुले पहल गर्ने बताउन्ुभयो ।
गोष्ठीमा बोल्दै शिक्षा सचिव रमप्रसाद थपलियाले हजार भन्दा बढी सरोकारवाला निकाय, वैज्ञानिक लगायतसंग छलफल गरी तयार भएको कार्यान्वयन योजनालाई लागु गर्न सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । भन्नुभयो–विज्ञान, प्रविधि नवप्रवर्तक नीति २०७६ लाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको छ । उहाँले विज्ञान शिक्षालाई थप व्यवस्थित बनाउनु आवश्यक रहेको औल्याउनुभयो । उहाँले मस्यौदामा उल्लेख भएका विषयलाई तीनै तहका सरकारले लागु गर्ने महत्वपुर्ण भुमिका रहने चर्चा गर्नुभयो ।
विज्ञान सचिव डा. सञ्जय शर्माले वर्तमान समयमा विकासको परिभाषा विज्ञान बाहेक अरु हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो–२०६१ सालमा नीति थियो , कार्यान्वयन हुन सकेन । २०७६ सालमा नीति आयो तर कार्यान्वयन गर्ने विषयमा जटिलता देखिएको छ । उहाँले मस्यौदामा अनुसन्धान र प्रबद्र्धनलाई फोकस गरिएको छ ।
नाष्ट लगायत निकायको विभागीय परिकल्पना गरिएको छ जानकारी गराउनुभयो । उहाँले यो कार्यशालाबाट प्राप्त भएको सुझावलाई मन्त्री मार्फत मन्त्री परिषदमा पेश गर्ने जानकारी दिनुभयो । भन्नुभयो–हामीले कार्ययोजनालाई साय सुझाव सहित थप परिस्किृत बनाउनेछौ , लागत अनुमान तयार गरी मन्त्री परिषदमा पेश गर्नेछौ । कार्यशाला गोष्ठी भोलीसम्म चल्नेछ ।