Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३१ सहसचिवको सरुवा, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरणमा को को बन्दैछन् डीजी ?


    बिहिबार, फाल्गुन १३ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरी ३१ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले सहसचिवहरुको सरुवा गरेको हो ।

     एक महिनाअघि नै ठूलै संख्यामा सहसचिवको सरुवा गर्ने चर्चा प्रशासनतन्त्रमा सुरु भएको थियो । यसअघि ६० सहसचिव सरुवा गरेकोमा कतिपय खटाएको कार्यालयमा गएका छैनन् । सरकारले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई पनि सरुवा गरेको छ । मैनाली र भट्टराईलाई प्रधानमन्त्री केपी ओलीकै चाहनामा सरुवा गरिएको थियो । मैनालीको लगभग ३ बर्ष भइसकेको छ । उनलाई अर्थमन्त्राललयमा सरुवा गरिएको छ ।

    भट्टराईलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भट्टराईको कामबाट प्रधानमन्त्री ओली खुसी नभएको उनलाई राष्ट्रपति कार्यालयमा पठाइएबाट देखिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सतर्कता केन्द्रमा सरुवा गरिनुलाई लखेटिएको मानिन्छ ।

    सरुवा हुने सहसचिवहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालय पठाइएको छ । रिजाललाई सुदूरपश्चिम अख्तियारको कार्यालयबाट केन्द्रीय कार्यालयमा सरुवा गरे पनि उनले गृहतिर मिलाएका हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका छविलाल रिजाललाई पनि गृह मन्त्रालयमा खटाइएको छ ।
     
    बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,  यातायात व्यवस्था विभागका गोगनबहादुर हमाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा लगिएका छन् । 

    लगानी बोर्डका धमेन्द्र कुमार मिश्र मधेसी आयोग, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं २ का सचिव भूपाल बराललाई लगानी बोर्ड, रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा पठाइएको छ । आचार्यलाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पठाउने तयारीमा प्रधानमन्त्री ओली छन् ।

     प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । ठाकुर आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यभन्दा बरिष्ठ भएकाले उनलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । 

    यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालय र अख्तियारका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

    गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालय,  खानेपानीका रितेशकुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

    सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालयका पुण्यविक्रम पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, गृह मन्त्रालयका अर्जुनकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगरपालिकाकामा सरुवा गरिएको छ ।

    मधेसी आयोगका भुवनहरि अर्याललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय,गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका शोभाकान्त पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका रघुराम बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूर पश्चिममै सरुवा गरेको छ ।

    हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालय बागमती प्रदेशका डा. हरि लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई ऊर्जा, मा सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार