Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भोला पोखरेलले अधिकृतबाट राजीनामा दिएर एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिए


    सोमबार, मंसिर २९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारका शाखा अधिकृत भोलानाथ पोखरेलले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । एमालेको जारी ११ औं महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    जागिर अवधि ४ बर्ष बाँकी भए पनि पोखरेल राजीनामा दिएर केन्द्रीय सदस्यमा उम्मेदवार भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    लामो समय ट्रेड युनियन आन्दोलनको नेतृत्व गरेका उनी पछिल्लो समय आधिकारिक ट्रेड युनियनको अध्यक्ष थिए ।

    पोखरेलले  एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष, पेशागत महासंघ लगायतको नेतृत्व गरिसकेका छन् । पोखरेल कुशल संगठकका रुपमा समेत चिनिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार