Nepal Face
  • आइतबार, १० साउन २०८३
  • र्‍यापिड किट्समा त्रुटि रहेको भन्दै भारतले गर्‍यो कोरोना परीक्षण किट्सकाे अर्डर रद्द


    मंगलबार, बैशाख १६ २०७७
    895
    Shares
  • ३ मिनेट पाठ
  • बीबीसी, १६ बैशाख ।  चीनबाट भारतले ल्याउने भनिएको करिब पाँच लाख र्‍यापिड परीक्षण किट्सको अर्डर रद्द गर्ने भएको छ  ।
    अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो ।      

    साथै भारतले अहिले प्रयोग भइरहेका किट्सहरु पनि फिर्ता गर्ने निर्णय गरेको छ ।र्‍यापिड परीक्षण किट्सले रगतमा एन्टिबडी भएको वा नभएको पत्ता लगाउँछ । यसले कोराना भाइरसका संक्रमित पहिचान गर्न सजिलो हुन्छ । यसले केवल ३० मिनेटमा नतिजा दिन्छ । जसको माध्यमबाट सम्भावित संक्रमित भेट्न सजिलो हुन्छ ।

    यद्यपि र्‍यापिड परीक्षण किट्सले कोरोना भाइरसको परीक्षण भने गर्न सक्दैन । धेरै वैज्ञानिकहरुले कोरोना भाइरस पत्ता लगाउने गरिएको यो परीक्षणको प्रयोजनप्रति प्रश्न उठाएका छन् ।चीनले भने भारतको दाबीलाई अस्वीकार गरेको छ । चीनले भारत पठाइएको किट्सको गुणस्तरमा कुनै समस्या नभएको जिकिर गरेको छ । भारतले पूर्वाग्रह राखेर आफ्नो किट्सलाई त्रुटिपूर्ण भनेको भन्दै चीनले आफ्नो बचाउ गरेको छ ।

    भारतमा कोरोना भाइरसको परीक्षण निकै कम भइरहेको गुनासो आएपछि भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले र्‍यापिड परीक्षण किट्सबाट परीक्षणको लागि अनुमति दिएको थियो ।

    शुरुमा आईसीएमआर यो किट्सप्रति अनिच्छुक देखिएको थियो तर अन्त्यमा दुई चिनियाँ कम्पनीबाट यी किट्सहरु ल्याउन अनुमति दिएको थियो ।

    यद्यपि त्यसको केही समयमा नै भारतको केही राज्यमा यसले केवल पाँच प्रतिशत सही नतिजा दिने गरेको गुनासो आएको थियो । पुष्टि भइसकेका कोरोना भाइरसका बिरामीमा पनि यसले नेगेटिभ देखाएपछि यसबारे बहस शुरु भएको थियो ।

    त्यसपछि आईसीएमआरले गरेको अनुगमनमा उक्त किट्स गुणस्तरीय नरहेको पाइएको थियो । सोमबार दिल्ली अदालतले भारतले किट्स खरिदको लागि वास्तविकभन्दा महँगो मूल्य तिरेको बताएको थियो । यससँगै यो मुद्दा थप जटिल बनेको थियो । यद्यपि भारतीय अधिकारीले भने अहिले गरिएको अर्डरको पैसा भुक्तान नगरिएको र अर्डर रद्द गरिएकाले नोक्सानी नहुने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार